काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले ६ महिनाभित्र झण्डै तीन सय कानुन बनाउनुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष संसदमा मिल्नुको विकल्प नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले संसदीय समिति सातवटा बनाउनसमेत सुझाव दिए । संसदीय समिति १० वटा बनाउने तयारी भइरहेका बेला प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा कांग्रेस सदस्य विश्वकर्माले सातवटा कायम राख्न सुुझाव दिएका हुन् ।

प्रदेश संसदमा पनि संसदीय समिति हुने भएकाले संघीय संसदमा सातवटा मात्रै समिति भए पुग्ने बताए । सातले नपुग्ने भए बढीमा नौवटासम्म बनाउन सकिने उनले बताए । नियमावली बनाउँदा न्यायपालिकाको स्वतन्त्रतामाथि आँच आउने, कुठाराघात हुने गरी बनाउन नहुनेमा विश्वकर्माले जोड दिए ।

१३ सदस्यीय समितिमा संयोजक पोखरेल र सदस्य विश्वकर्मासहित जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, डा। मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा. विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन् ।

समितिले प्रतिनिधिसभा मातहत रहने समितिको नाम र संख्या तय गर्ने तथा प्रतिनिधि सभाको बैठक सञ्चालनको सम्पूर्ण कार्यविधि तय गर्ने जिम्मेवारी पाएको छ ।