–स्तन, पाठेघर, मुख, आङ, फोक्सो र ग्यास्ट्रोइन टेस्टटिनलका क्यान्सर महिलामा बढी देखिने क्यान्सर हुन् । बढ्दो उमेरसँगै महिलामा यस्तो क्यान्सरको जोखिम हुन्छ । कतिपयमा वंशाणुगत कारण पनि यस्तो क्यान्सर लाग्ने गर्छ । त्यसैले आफ्नो परिवारको कुनै सदस्यमा यस्तो क्यान्सर भएको अवस्थामा नियमित स्वास्थ्य जाँच गर्न आवश्यक हुन्छ ।


ADVERTISEMENT


-धुम्रपान फोक्सो क्यान्सरको प्रमुख कारकमध्ये एक हो । अस्वथ्यकर खानपिन, बोसोयुक्त खानाको बढी प्रयोगजस्त गतिविधिले पनि यस्ता क्यान्सरको सम्भावनालाई बढाउने गर्छ ।


ADVERTISEMENT

# # #


लक्षण
-स्तनमा गिर्खा, गाँठागुँठी देखिनु ।

-निप्पलबाट असामान्य ढंगले विभिन्न रङको तरल पदार्थ बगेमा पनि क्यान्सर हुन सक्छ ।

-नियमित रूपमा महिनावारी नहुनु र यौनांगबाट अनियमित रूपमा रगत बग्नु पनि क्यान्सरको संकेत हुन सक्छ ।

शरीरको तौल घट्दै गएमा र खोक्दा रगत देखिएमा सजग हुन जरुरी हुन्छ ।

बच्न
-स्तनमा हुन सक्ने गिर्खा वा गाँठागुँठीको समयमै पहिचान गर्नका लागि स्तनको परीक्षणबारे आफैँले सिक्न पनि सकिन्छ । जसले क्यान्सरबाट बच्नका लागि ठूलो भूमिका निर्वाह गर्छ । मेमोग्राफीबारे चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

-२० वर्षको उमेरदेखि नै नियमित रूपमा पप स्मियर गरीक्ष गर्नुपर्छ । यस्तो परीक्षणले पाठेघरको मुखको क्यान्सर वा अरू कुनै समस्यालाई समयमै निदान गर्न सकिन्छ ।

-धुम्रपान र सुर्तीजन्य पदार्थलाई पूर्ण रूपमा वर्जित गर्नुपर्छ । यस्तो पदार्थको सेवनले क्यान्सर मात्र नभई अन्य रोगको सम्भावनालाई पनि बढाउँछ ।

-क्यानसरबाट बच्नका लागि सन्तुलित आहारमा ध्यान दिनुपर्छ । उमेरअनुसारको उचित तौल कायम राख्नुपर्छ ।

-प्रशस्त मात्रामा फलफूल, सागसब्जी र दूधको प्रयोग गर्नुपर्छ । चिल्लो पदार्थको कम प्रयोग गर्नुपर्छ ।
शरीरमा कुनै प्रकारका शंकास्पद लक्षण देखिएमा समयमै स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ ।

-परिवारको कुनै सदस्यमा क्यान्सर भएको छ भने त अझ बढी सजगता अपनाउनुपर्छ । किनकि क्यान्सर वंशाणुगत रोग पनि हो ।

-चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस –बी र एचपिभीविरुद्धको खोप लगाउनुपर्छ ।