काठमाडौं– एनआईसी एशिया बैकले जारी गरेको ‘९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१/८२’ सुचिकृत भएको छ ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको एक कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सोमबार सम्झौतामा हस्ताक्षर गरेसँगै ऋणपत्र सूचीकृत भएको हो ।
ऋणपत्र सूचीकृत भएपछि बोण्डधनीहरुले ९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१/८२ धितोपत्र बजारमा कारोवार गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


बैँकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको बताइएको छ ।