काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीले क्यानको निलम्बन फुकुवा गर्न अहिलेको विधान संशोधन गर्न आवश्यक लचकताका साथ प्रस्तुत हुने जनाएको छ । क्यानको निर्वाचित कमिटीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निलम्बन फुकुवा भई नेपाली क्रिकेटले निकास पाउने विश्वास समेत व्यक्त गरेको हो ।


ADVERTISEMENT


क्यान निर्वाचित कमिटीका महासचिव अशोकनाथ प्याकुरेलले आफूहरु सधैं विधि र प्रक्रियाको पक्षमा रहेको दावी गर्दै आगामी दिनमा पनि नेपाली क्रिकेट विधिसम्मत ढंगले ढंगले चलोस् भन्ने सुनिश्चितता चाहेको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


यस्तै नेपाल क्रिकेट संघ क्यानले विशेष साधारणसभा बोलाएकोमा अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले स्वागत गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारण सभा अप्रिल १९-२० मा तोकिएकोमा आईसीसी स्वागत गर्दछ’ आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यसले खेलमा सुधार ल्याउनुका साथै आईसीसीको सदस्यता पुनस्र्थापना हुने दिशामा अघि बढ्नेछ ।’

आईसीसीले विशेष साधारणसभाबाट आईसीसीसमेतको सहभागीता रहेको नेपाल सल्लाहकार समूहले दिएको सुझाव अनु्सार विधान संशोधन हुने बताएको छ । विधान संशोधनपछि नेपालको आईसीसी सदस्यता पुनस्र्थापना हुने र आईसीसीको सन् २०१८ को जुलाइमा हुने साधारणसभामा नेपाल पनि सहभागिता सुनिश्चित गर्ने आइसीसीले जनाएको छ ।

क्यानको साधारणसभापछि तुरुन्तै आईसीसीको बोर्ड बैठक बस्ने र त्यसमा नेपालको सदस्यताको विषय एजेण्डामा रहने आइसीसीले बताएको छ । ‘विशेष साधारणसभाको तत्कालैपछि आईसीसीको बोर्ड बैठक बस्नेछ, जसको एजेण्डा नेपालको सदस्यताबारे हुनेछ, हामीले अहिलेको अवस्थालाई नजिकबाट हेरिरहेका छौं’ आईसीसीका डेपुटी चेयरम्यान इमरान ख्वाजाले भनेका छनु ।

आईसीसीले नेपालमा क्रिकेटसँग सरोकार राख्ने पक्षसँगको सुझावको आधारमा कुनै विकल्पपविना विधान परिवर्तन हुने आशा व्यक्त गरेको छ । यसले आईसीसीको साधारणसभासम्म नेपालको सदस्यता पुनस्थापना हुने पनि बताएको छ ।

क्यानको विशेष साधारण सभा आगामी बैशाख ६ र ७ गते हुँदैछ । महासचिव प्याकुरेलले सोही साधारण सभाले क्यान भित्र देखिएको विवाद समाधान गर्ने विश्वास पनि व्यक्त गरे । निर्वाचित क्यानले नेपालको निलम्बन फुकुवा गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने पनि स्पष्ट पारेको छ ।