काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार दिउँसो ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएका हुन् ।


ADVERTISEMENT

# # #


टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

टेलिफोन वार्तामा प्रधानमन्त्री दाहालले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएका थिए ।