काठमाडौं–विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिराहा जाँदैछन् । उनले सिराहको कल्याणपुर नगरपालिका ११ स्थित डोम समुदायका बालबालिकाको अभिभाकत्व ग्रहण गर्ने छन् । प्रधानमन्त्री ओलीले कर्णालीबाट विद्यार्थी भर्ना अभियानको सुरुआत गरेका थिए । उनले मुगुको कर्मारोङ गाउँपालिकाका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार प्रधानमन्त्री ओलीले डोम समुदायका दुई बालबालिकाको अभिभाकत्व ग्रहण गर्नेछन् । यसैगरी दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, र प्रमुख जिल्ला अधिकारी र स्थानीय बालगृहले पनि अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


हाल देशभर विद्यालय भर्ना अभियानलाई तीव्र पारिएको छ । शीर्ष नेताहरु, जनप्रतिनिधि, कलाकार, बिभिन्न दलका भ्रातृ संगठनलगायतले अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानलाई सघाइरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले बुधबार पश्चिम चितवनको मेघौलीका अल्पसंख्यक बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्दैछन् । यसैगरी रक्षामन्त्रीसमेत रहेका एमाले महासचिव ईश्वर पोखरेल बुधबार नै काठमाडौंको धुम्बाराहीस्थित विद्यालयमा भर्ना अभियानमा सहभागी हुँदैछन् ।