काठमाडौं–वैदेशिक रोजगारीको सिलसिलामा कतारबाट फर्किएका कामदारलाई प्रयोग गरेर अवैध रुपमा ल्याईएको ५ वटा सुनका बालासहित ३ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काठमाडौंका रतनलाल श्रेष्ठ, उदयपुरकी लिला कुमारी श्रेष्ठ र सिराहाका इन्द्र सदे रहेका छन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथमा फेला परेको २५० ग्रामका ५ ओटा सुनका चुरा बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मंगलबार दिउँसो कोटेश्वर चोक नजिकै चेकप्वाइन्ट राखेर चेकजाँच गर्ने क्रममा स २ प ४०२८ नम्बरको निलो पल्सरमा सवार दुईजनाको साथबाट ४ ओटा चुरा फेला परेको बताईएको छ ।

केही बेरमा मोटरसाईलकमा सवार उदयपुरकी लीला कुमारी र मोटरसाईकल चालकको सम्पर्कमा आएका अर्का ब्यक्तिको साथबाट एक थान चुरा फेला परेको काठमाडौं प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईने बताईएको छ ।