काठमाडौँ – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनी गर्नेहरुविरुद्ध प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् ।
मंगलबार अनेरास्ववियुका पूर्व र वर्तमान पदाधिकारीहरु परिसर पुगेर तोडफोड र आगजनी गर्ने ६० भन्दा बढिविरुद्ध उजुरी दिएको हो । आफूहरुले दिएको जाहेरी प्रहरीले बुझेको र सरकारी वकीलसंग छलफल गरेर अघि बढ्ने जवाफ दिएको अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए ।
उनले आफुहरुको मुद्दाका बारेमा २४ घण्टाभित्र जवाफ दिन प्रहरीलाई भनेको र प्रहरीले जाहेरी लिन नमाने अन्य प्रक्रियाबाट भएपनि अघि बढ्ने उल्लेख गरे । उनीहरुले जाहेरीमा उल्लेख नामका बारेमा केहि खुलाउन नचाहे पनि तोडफोड र आगजनीमा संलग्न र त्यसका लागि उक्साउनेहरुबिरुद्ध जाहेरी दिएको जनाएका छन् ।



























































