काठमाडौँ – जेनजी युवाका साथै आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका छन् ।


ADVERTISEMENT


मंगलबार भद्रकालीस्थीत परिसर पुगेर उनीहरुले ओली र लेखकबिरुद्ध उजुरी दिएका हुन् । उनीहरुको उजुरी लिएपछि प्रहरीले अध्ययनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगमा पठाएको छ । जेनजी आन्दोलनको घटनाको अनुसन्धान जाँचबुझ आयोगले गर्ने भएकाले उजुरी आयोगमा पठाइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जेनजी आन्दोलनका क्रममा दमन गरेर गोली चलाउन आदेश दिएको भन्दै उनीहरुले ओली र लेखकबिरुद्ध जाहेरी दिएका हुन् ।