काठमाडौ–कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् । कांग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ ।


ADVERTISEMENT


सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


उपसभापतिमा निधिलाई मनोनित गर्ने छनक पाएका देउवा निकट नेता गोपालमान श्रेष्ठले समेत आफ्नो दाबीलाई अझ कसिलो बनाउँदै लगेका छन् ।

श्रेष्ठले भने,

–उपसभापतिको प्रमुख दाबेदार म नै हुँ ।

–मलाई सबै पक्षले स्वीकार्छन पनि ।

–सिनियरको हिसाबले पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि म नै हो ।

आफूलाई उसिभापतिमा मनोनित गरे केन्द्रीय समितिमा विरोध नहुने उनको दाबी छ । – आजको नेपाल समाचापत्रबाट