बेइजिङ । नेपाल र चीनबीच नेपाल र चीनलाई जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ ।


ADVERTISEMENT


दुई देशका परराष्ट्रमन्त्रीबीच केरुङदेखि काठमाडौंसम्म नेपाल चीन सीमापार रेलमार्ग तथा काठमाडौं पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डीपीआर गर्नेबारे छलफल भएको छ ।


ADVERTISEMENT

# # #


चिनियाँ समकक्षी वाङ यीसँगको संयुक्त पत्रकार सम्मेलनमा परराष्टमन्त्री प्रदिप ज्ञवालीले भने, ‘नेपालबाट आधुनिक रेल चढेर हिमालको प्रकृतिक सौदर्य अवलोकन गर्दै चीन आउने मेरो सपना छ ।’

चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड दिएको छ । विदेशमन्त्री वाङले भने, ‘मलाई लाग्छ, चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार हुन् । हामी एकै पहाड र नदीसँग जोडिएका छिमेकी हो । जसरी हामी चीनमा भन्छौं, परिवारका सदस्य र छिमेकीले एकअर्काको भलो चाहन्छन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल चीन सम्वन्ध नयाँ सुरुवातको विन्दुमा पुगेको बताए । उनले भने, नेपालले आपसी विश्वास बढाउन काम गर्छ र भौतिक पूर्वाधार, ब्यापार, पर्यटन, सास्कृत लगायतका क्षेत्रमा ‘विन विन’ सहमतिका लागि काम गर्छौं ।’

नेपालले ‘कनेक्टिभिटी’ लाई मुख्य प्राथमिकता दिएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले रेल र सडकका साथै ट्रान्समिसन लाइनमा चीनसँग साझेदारी गर्न चाहेको बताए ।