काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाहको योजनामा केपी ओली, रमेश लेखक र आफुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइएको आरोप लगाएका छन् ।
बुधबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले बालेनको योजनामा ओली, लेखक र आफुलाई गिरफ्तार गर्न सुदन गुरुङजस्ता मान्छेहरुले प्रशासनलाई दबाब दिइएको आरोप लगाएका हुन् ।
उनले जेनजी आन्दोलनका नाममा अन्तराष्ट्रिय शक्तिका एजेण्डहरुले राज्य संयन्त्रलाई कव्जा गर्न खोजेको टिप्पणी गरे । सुदन गुरुङजस्ता मान्छेहरुलाई एम्बुस बनाएर पड्काउने प्रयास भएको उनको भनाइ छ । बस्नेतले बालेनको योजनामा नै नेताहरुको घरदेखि अन्य संरचनामा तोडफोड र आगजनी गराइएको बताए ।
अहिले पनि साइबर अपराधमार्फत लुटपाटका धन्दा चलिरहदा गृह प्रशासन त्यसलाई संरक्षण गर्न लागेको उनले बताउए । बस्नेतले जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न आयोग बनेको अवस्थामा निष्पक्ष छानविनका लागि दोषिमाथि कारवाही गर्नुपष्र्ने माग गरे । उनले बिभिन्न षडयन्त्र गरेर आफुलाई गिरफ्तार गर्ने योजनालाई अदालतले फिर्ता गरेको जिकिर गरे । प्रमाण नपुग्ने भनेर तामेलीमा राखेको मुद्दा अहिले दबाबमा खोलिएको आरोप लगाउदै बस्नेतले बुधबार नै आफुले बयान दिएर आएको जानकारी दिए ।
उनले फुलपातीको दिनदेखि अहिलेसम्म आफुलाई पक्राउ गर्न दवाव दिइएको भन्दै आफुलाई पक्राउको कुनै डर नभएको जिकिर गरे । बस्नेतले जेनजीको नाममा अराजकता मच्चाउनेविरुद्ध देशव्यापी अभियान चलाइने उल्लेख गरे ।



























































