काठमाडौँ – निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा असोज ३० गते राजनीतिक दलसंग छलफल गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरुसंग छलफल गर्न लागेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निर्वाचनका लागि कार्यतालिका बमोजिम प्रशासनिक तयारीका साथै सम्बन्धीत सरोकारवालासंग छलफलको क्रम निरन्तर अघि बढ्ने उनले बताए ।

प्रवक्ता भट्टराइले तोकिएको समयमा नै निर्वाचन गर्न आयोग क्रियाशिल रहेको उल्लेख गरे । विशेष अवस्थामा निर्वाचन हुन लागेकाले सरोकारवालाहरु निर्वाचन अभियानमा सहभागी हुने अपेक्षा आयोगको रहेको उनको भनाई छ ।

त्यस्तै आम नागरिकहरुले पनि उत्साहपूर्ण रुपमा निर्वाचनमा सहभागीता जनाउने आयोगको विश्वास रहेको प्रवक्ता भट्टराईले बताए । भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनका साथै प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको थियो ।