बच्चामा ब्रेन ट्युमर के हो ? चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन । हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या बढिरहेको छ । उक्त अनुसन्धानले अत्यधिक मोबाइल प्रयोगका कारण यस्तो समस्या देखिएको बताएको छ । चेन्नईका अपोलो प्रोटोन सेन्टरका चिकित्सक डा. राकेश जलालीले गरेको अनुसन्धानमा यस्तो देखिएको हो ।


ADVERTISEMENT


डा. राकेशले बच्चालाई लामो समय मोबाइल प्रयोग गर्न नदिनका लागि सुझाब दिएका छन् । अहिलेको शोधले पनि त्यसलाई पुष्टि गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त अनुसन्धानले लामो समयसम्म मोबाइल प्रयोग गर्दा मस्तिष्कको क्यान्सर हुने सम्भावनालाई बढाउने निष्कर्ष निकालेको छ । यसरी लामो समय मोबाइलको प्रयोग गर्दा बच्चामा काननजिकै ट्युमरको खतरा बढेर जान्छ ।

६ देखि सात घन्टासम्म लगातार मोबाइलमा कुरा गर्दा ट्युमर हुन सक्छ । उनले भनेका छन्, ‘मोबाइलमा नेटवर्क कमजोर हुने समय मानिसले कानमा जोडसँग टस्साएर कुरा गर्छन् । जसलाई राम्रो मानिँदैन । यस्तो अवस्थामा रेडिएसन एक्सपोजरको खतरा बढ्दै जान्छ ।’
चिसो कपाल भएको अवस्थामा मोबाइलमा कुरा गर्नु हुँदैन ।

ब्रेन ट्युमरबाट वयस्क मानिस बढी पीडित हुन्छन् । बच्चामा हुने क्यान्सरको ब्रेन ट्युमर दोस्रो ठूलो कारण हो । तर, बच्चामा हुने ब्रेन ट्युमरको भने राम्रोसँग उपचार हुन्छ ।

धेरै मानिसमा ब्रेन ट्युमरबारे चेतनाको अभाव छ । यस्तो समस्या सुरुवाती चरणमा थाहा भएमा भने राम्रोसँग उपचार गर्न सकिन्छ । क्यान्सरपीडितमध्येका करिब दुई प्रतिशत मानिस ब्रेन ट्युमरबाट ग्रसित हुन्छन् । ब्रेन ट्युमरले बच्चाको आँखा देख्ने क्षमतामा ह्रास ल्याउँछ ।