काठमाडौं– सरकारले काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्य तत्काल सुचारु गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्य तत्काल सुचारु गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभालाई सम्बोधन गर्दै उनले मैदान निर्माणको कामलाई अघि बढाउन जग्गासम्बन्धि विवाद समाधान गर्न मन्त्रिपरिषदमै प्रस्ताव लैजान लागिएको पनि जानकारी दिए । मन्त्रिपरिषदले जग्गासम्बन्धि विवाद समाधान गर्ने वित्तिकै मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्यले गति लिने मन्त्री विश्वकर्माको विश्वास छ ।


ADVERTISEMENT

# # #


मन्त्री विश्वकर्माले क्यानमा देखिएको विवाद चाँडै समाधान हुने विश्वास पनि व्यक्त गरे । उनले क्यानभित्र देखिएको विवाद समाधान गर्न आवश्यक पहल गरिदिन संचारकर्मीहरुसँग पनि आग्रह गरे ।