काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ६० तोला बढी सुन बरामद भएको हो ।


ADVERTISEMENT


विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन तस्करीमा गिरोह नै संलग्न हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ । भारतीय नागरिकलाई भन्सार चेकजाँचपछिको स्थानबाट पक्राउ गरिएको हो । भन्सारका कर्मचारीले यत्रि ठूलो मात्रामा ल्याएको सुनको बारेमा केही थाहा पाएनन् । प्रहरी प्रमुख चन्दका अनुसार बरामद भएको सुनको तौल ६ सय ९९ ग्राम रहेको छ ।


ADVERTISEMENT

# # #


आजको बजार मूल्य अनुसार बरामद सुनको मूल्य ३५ लाख ५३ हजार पर्छ । प्रहरी प्रमुख चन्दका अनुसार सबै सुन जुत्तामा लुकाएको अवस्थामा बरामद भएको हो । भन्सार छलिसकेको अवस्थामा सुन बरामद भएकाले यसमाथि गम्भीर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।