काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी २ हजार ९ सय ५५ मा खरिदबिक्री भएकामा आज चाँदी तोलामा ३ हजार २५ मा किनबेच भइरहेको महासङ्घका जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



























































