काठमाडौँ– नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकारले जनतालाई भ्रम छर्ने काम गरेको बताएका छन् । विहीबार ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारले विकासका नाममा काम भन्दा पनि भाषण गरेर जनतालाई भ्रम पारेको बताएका हुन् ।


ADVERTISEMENT


निर्वाचनका बेला भोट माग्दा सकारात्मक देखिएपनि अहिले कागजी काम गरेर जनतालाई झुक्याएको उनले दाबी गरे । नेता खतिवडाले भने, ‘निर्वाचनको समयमा गठबन्धन गरेर जसरी भोट मागिएको थियो त्यो अनुसार सरकारले काम गरेको छैन । भाषणमात्रै गरेर सरकारले जनतालाई झक्याउँदैछ ।’ उनले खोक्रो आश्वासन मात्र नभई सरकारले काम पनि गरेर निर्वाचनका वाचा पूरा गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


यस्तै उनले निर्वाचनमा गणितीय रुपमा कांग्रेसको पराजय भएपनि संविधान निर्माण गरेर संघियताको कार्यान्वयनका लागि सबैलाई समेट्दै तीनै तहका निर्वाचन सम्पन्न गर्नु सैद्धान्तिक रुपमा कांग्रेसको नै विजय भएको उल्लेख गरे ।

पार्टीमा गुट, उपगुट नभनी कांग्रेसलाई बलियो बनाउनका लागि सबै नेता कार्यकर्ता एकजुट हुनुपर्ने उनले बताए ।