काठमाडौँ– सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले ग्यालेक्सी  एस ९ प्लस १ सय २८ जीवीसहित नेपाली बजारमा ल्याउने भएको छ  ।  अप्रिल १७ देखि सुरु भएको सामसुङ ग्यालेक्सी  एस ९ प्लस १२८ जीवीको प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने बताइएको छ । उपभोक्ताहरुले http://www.s9prebooking.com/मा गई प्रि बुकिङ गर्न सक्नेछन् ।


ADVERTISEMENT


प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत रु ७२०० बराबरको बोटल स्पीकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५% सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०% छुट र साथै केजिएच होटेलमा रु ५००० मा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमवी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता हजार एमबी र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।  जसको १०९,९०० को मूल्य रु ५००० को क्यासब्याक उपलब्ध गराइनेछ । त्यसपश्चात् Galaxt S9+ को प्रभावकारी मूल्य रु १०४, ९०० रहनेछ ।