काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रदान गरेको सल्लाहकार समितमार्फत बनाइएको प्रस्तावित विधान मस्यौदालाई निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाले हुबहु पारित गरेको छ ।


ADVERTISEMENT


यसले जुलाईमा हुने आईसीसीको वार्षिक साधारणसभामा क्यानमाथि लागेको निलम्बन खुलाउन सक्नेछ । काठमाडौंमा बिहीबार सुरु भएको साधारणसभाले विधान पारित गरेको हो । सभामा ३९ जिल्ला र क्यानका निर्वाचित १५ पदाधिकारी सहभागी थिए ।


ADVERTISEMENT

# # #


विगत दुईवर्षदेखि क्यान निलम्बनमा रहे पनि नेपाली क्रिकेट टिमलाई आईसीसीले अन्तर्राष्ट्रिय स्पर्धामा खेल्न दिइरहेको थियो  । क्यान निलम्बनको अवस्थामा आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसन काठमाडौं आएर नेपाली क्रिकेटको निकासका लागि आईसीसीले स्वतन्त्र व्यक्तिहरू समेट्दै सल्लाहकार समिति गठन गरेको थियो  । त्यही सल्लाहकार समितिले विभिन्न चरणको बैठकपछि बनाइएको प्रस्तावित विधानलाई निर्वाचित क्यानको विशेष साधारणसभाले आज पारित गरेको हो ।

भदौमा क्यानको पछिल्लो विशेष साधारणसभाले सल्लाहकार समितिको प्रस्तावित विधान संशोधन गरेको थियो । त्यसमध्ये क्यानको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयका ७ जना प्रतिनिधि रहनुपर्ने प्रावधान राखिएको थियो । आईसीसीले त्यसलाई राजनीतिक हस्तक्षेप भएको भन्दै अस्वीकार गरेपछि विधान हुबहु पारित गर्न बिहिबार फेरी सभा बोलाइएको थियो ।