काठमाडौं– त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ ।


ADVERTISEMENT


लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान–अवतरण सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


‘हामीले फसेको विमानलाई तान्यौं । अब हेलिकोप्टोरको उडान अवतरण हुने क्षेत्रतर्फ लैजाँदैछौं,’ उनले भने, ‘अबको एक घण्टामा विमानस्थल खुल्छ ।’

विमानस्थल प्रमुख क्षेत्रीका अनुसार विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा पुगेको थियो । घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण ठप्प भएको थियो । रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । सबै १३९ यात्रु सकुशल रहेका छन् ।