काठमाडौँ– रातो मच्छिन्द्रनाथको रथयात्रा बिहिबारबाट सुरु भएको छ ।


ADVERTISEMENT


वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु भएको हो । दिउँसो मीननाथको रथलाई पुल्चोक पुर्‍याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको हो।


ADVERTISEMENT

# # #


बिहिबार पहिलो दिन रथ नःटोल पुर्‍याइएको छ। रथ तान्ने पर्वभरी होम र गाई दान गर्नेगरिन्छ। रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा ठूलो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाउने गरिन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन्।