दमक –घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ (गुरुङ) रहेको छ ।


ADVERTISEMENT

# # #


श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खसेकी थिइन्। घरको छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

डुबेर बालिकाको मृत्यु

नुवाकोट– विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको आज ड्रमको पानीमा डुबेर मृत्यु भएको छ ।

सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई उपचारको लागि त्रिशूली जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।