काठमाडौं – शुक्रबार बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको हो ।


ADVERTISEMENT


शुक्रबार बिहान ११ वजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ११ वजे बस्ने गरी स्थगित भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विभिन्न जिल्लामा रहेका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पन्न अवरोधका कारण उपत्यका भित्रिन नसकेका कारण बैठक स्थगित गरिएको उनको भनाई थियो ।


ADVERTISEMENT

# # #


बिहीबार राति काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमानले विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि त्रिभुवन विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको समीक्षा गर्न कांग्रेसले गत चैत ९ गतेबाट केन्द्रीय समितिको बैठक डाकेको थियो ।

भारतको नयाँ दिल्लीमा उपचारत पार्टीका पूर्वमहामन्त्री खुबहादुर खड्काको निधन भए पछि कांग्रेसले चैत १६ गते जारी केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको थियो । बैठकमा अहिलेसम्म ४३ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो भनाई राखेका छन् ।