काठमाडौं– सुनसरीको कोशी गाउँपालिका(१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका १ का ३१ बर्षीय सनम श्रेष्ठ र कन्चनपुर भिमदत नगरपालिका ६ की २० बर्षीया निरा चुनारालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट लुकाईछीपाई राखेको १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको छ ।