काठमाडौं– सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कायम रहेको जनाएको छ ।
हिजो छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा पुगेको छ ।



























































