काठमाडौं– सुनसरीको बराहक्षेत्र नगरपालिका १ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २७ गते अपरान्ह बराहक्षेत्र १ खार खोलाका २७ बर्षीय संजिव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको छ ।



























































