काठमाडौं– सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


असोज २७ गते साँझ अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले प्र.१–०५–००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुरको त्रियुगा नगरपालिका ७ का १९ बर्षीय दिपक मगरले बोकेको झोलाबाट लागू औषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट फेला पारे संगै अटो चालक त्रियुगा १० का ३३ बर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका १६ स्थितबाट ५६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर ११ का २८ बर्षीया रन्जिता राय अमातलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय बुधनगरको प्रहरी टोलीले विराटनगर १८ एसपी सडक खण्डमा प्र.१–०२–००४ ह ८२७० नम्बरको सिटिसफारीमा बेबारीसे अवस्थामा राखेको ३० किलोग्राम लागू औषध गाँजा बरामद गरे संगै सिटी चालकको खोजतलाश भई रहेको छ ।