जब एक आमाले आफ्नै छोरामाथि बलात्कारको आरोप लगाइन्


ADVERTISEMENT


घटना भारतको गुजरातस्थित पाटनको हो । पाटनको पालनपुरमा बस्ने लीला (नाम परिवर्तन) ले आफ्नो २२ वर्षको छोराविरुद्ध प्रहरी चौकीमा बलात्कारको मुद्दा दर्ता गरिन् ।


ADVERTISEMENT

# # #


लीलाका अनुसार १९ अप्रिलमा उनी घरको बाहिर सुतेकी थिइन् । मध्ये रातमा उठेर जब पानीपिन भनेर उनी घरभित्र पसिन् तब उनको छोराले ढोका बन्द गरेर उनीमाथि जबरजस्ती गरे । लीलाले पुलिसलाई बताए अनुसार उनको छोरामा पोर्न भिडियो हेर्ने लत लागेको थियो । ऊ आफ्नी आमा र बहिनीको अघि पनि यस्तै किसिमका हर्कत गरिरहन्थ्यो ।

पछिल्लो समय हाडनाताको सम्बन्ध लाग्नेबीच पनि बलात्कारको घटना धेरै आइरहेका छन् । भाइले बहिनीलाई तथा बुवाले छोरीलाई बलात्कार गरेको समाचार प्राय आउने गरेका छन् । पहिलो पटक यकिन गर्न पनि मुस्किल हुन्छ कि यस्ता घटना पनि हुनसक्छन् । यही मुस्किलका बीच यो सवाल पनि उठ्छ कि आखिर नजिकको सम्बन्धनमा पनि यस्ता घटना किन हुने गर्छन् ?

के यो मानसिक रोग हो ? 

मनोवैज्ञानिक डा. अरुणा ब्रूटा भन्छिन्, ‘यस्ता अपराध गर्ने मानिस सामान्य हुन सक्दैन । उ कुनै पनि किसिमका मानसिक रोगबाट ग्रसित हन्छ, तर उसको घरका मानिस यो स्वीकार्न तयार हुँदैनन् । जस कारण ओषधी हुन सक्दैन र यस्तो किसिमको घटना घट्न पुग्छ । यस्ता घटना धेरै घरमा भइरहन्छन्, तर सामाजिक लज्जाको डरले बाहिर आउन सक्दैनन् ।’

मनोचिकित्सक डा. प्रवीण त्रिपाठीका अनुसार यस्ता व्यक्ति सम्बन्धको मर्यादाको ख्याल गर्न सक्दैनन् । यिनको मानसिकता स्वस्थ नभएका कारण दिमागमा विचार गडबड भइरहन्छ । डाक्टर मान्छन् कि यस्ता घटनामा लिप्त व्यक्ति केही न केही मानसिक रोगको बिमारी हुन्छन् ।

डा. अरुणा ब्रूटा बताउँछिन् ‘दुई किसिमका मनोरोग हुन्छन् । पहिलो ‘बाइपोलर डिप्रेसिव डिसअर्डर’ र अर्को ‘स्किजोफ्रिनिया’ । बाइपोलर डिसअर्डरको एक चरण हुन्छ ‘मेनिया’ । जसमा कुनै पनि मानिसको मानसिक स्थिति पागलपनको हदसम्म पुग्छ । यस्ता व्यक्तिको मुड ‘डिस्अर्डर’ हुन्छ । बारम्बार उसका स्वभाव बदलिन्छन् । उसको सोचमा दोधार उत्पन्न हुन्छ । जसका कारण उनीहरु यस्ता अपराध गर्न सक्छन् ।’

डा. ब्रूटाका अघि थप्छिन्  ‘यस्ता व्यक्ति सामान्य व्यवहार, सामाजिक नियम कस्तो हुन्छ खुट्याउन पहिचान गर्न सक्दैनन् ।’ आखिर यस्तो रोग कसरी उत्पन्न हुन्छ ? यसको सवालमा डा. प्रविन त्रिपाठी बताउँछन्, ‘यस्तो बिराम जुनसुकै व्यक्तिमा आफै उत्पन्न हुन सक्छ । तर यस्ता परिवारमा बढी देखिन्छ जहाँ सामाजिक मेलमिलापको अभाव हुन्छ, जहाँका बच्चामा समाज र सम्बन्धको नियम र मर्यादाको ज्ञानको अभाव हुन्छ ।’

बंशाणुगत कारण

जानकारहरु बताउँछन् कि यस्ता मनोरोगकोपछि बंशाणुगत कारण पनि जिम्मेवार हुन सक्छन् । डा. अरुणा ब्रूटाका अनुसार यदि बुवा–आमा, हजुरबुवा–हजुरआमा वा अन्य कुनै नजिकको सम्बन्धका व्यक्तिमा यस्तो समस्या छ भने त्यो भावी पिँढीमा पनि हुनसक्छ ।

आफ्ना छोराको यौनजन्य क्रियाकलापको उपचार गर्न आएकी एक महिलाले डा. ब्रूटालाई बताएकी थिइन् कि जब उनी विवाह गरेर आएकी थिइन् उनको छोराका हजुरबुवाले उनीमाथि यौनजन्य क्रियाकलाप गर्ने प्रयास गरेका थिए ।

डा. ब्रूटाले बताइन् ‘बच्चाको बजुरबुवा पनि कुनै न कुनै मानसिक रोगबाट ग्रसित हुनसक्छ । तर मानिस भन्छन् यसको नजर खराब छ । यसबाट टाढै रहनू । तर उनीहरुमा त्यसको उपचार गर्नुपर्छ भन्ने मानिसकता हुँदैन । त्यसले गर्दा विस्तारै उसको  मानसिक स्थिति खराब हुँदै जान्छ र एक दिन ठूलो अपराध हुनसक्छ ।’

पोर्न भिडियोको लत कती जिम्मेवार ?

गुजरातको घटनामा आमाको बलात्कार घटनामा छोरालाई पोर्न भिडियो हेर्ने लत बसेको थियो । आजकाल मोबाइल, टिभी तथा इन्टरनेटको माध्यामबाट यस्ता चिजसम्मको पहुँच सजिलो भएको छ ।

पोर्न भिडियो हेर्ने लतको यस्ता अपराधमा के भूमिका हुन्छ ? के यस्तो लतले व्यक्तिलाई अपराधतर्फ लैजान सक्छ ? यस मामलामा मनोविद् डा. प्रकाश कोठारी भन्छन्, ‘लगातार पोर्न हेर्नु र यौनजन्य खेल खेल्नाले व्यक्तिको उत्तेजना बढ्छ । उनीहरुमा सेक्सुअल फ्रस्टेसन बढ्छ । यो अपराधका लागि पूर्ण रुपमा जिम्मेवार त हुँदैन, तर आपराधिक भावनालाई जरुर बढावा दिन्छ ।’

डा ब्रूटा भन्छिन् कि ‘उनीकहाँ यस्ता किसिमका केटा र केटी दुबै आउँछन्, जो पोर्न भिडियो हेर्ने लतमा हुन्छन् । जब कोही लगातार यस्ता चिजमा लिप्त हुन्छ, तब उसको मानसिक स्थिति बिग्रिन्छ । जसले उसलाई यस्तो आपराधिक क्रियाकलापसम्म पुर्याउँछ ।’

१५–१६ वर्षकी एक युवतीको बारेमा उनले बताइन् कि उनलाई पोर्न हेर्ने लत थियो र उनले एक दिन आफ्नो अर्धनग्न फोटो सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् । डा. ब्रूटाका अनुसार कुनै चिजमा यस्तो असर हुन्छ, जसले रोगलाई बढावा दिन्छ ।

समाधान के हो ?

यसको बारेमा डा. प्रवीण त्रिपाठी भन्छन् ‘यस्तो मामलामा व्यक्तिको व्यावहारमाथि ध्यान पुर्याउन जरुरी छ । यदि कोही व्यक्ति, एकपटक यस्तो हर्कत गरिरहेको बेला फेला पर्छ भने त्यसको बारेमा गम्भीरताका साथ सोच्न जरुरी छ ता कि यस्तो अवस्था फेरि नदोहोरियोस् ।

यस्तै डा ब्रूटा बताउँछिन् ‘यस्तो समस्या एकैपटक आउँदैन । यसका लक्षण पहिले नै देखिन्छन् ।’ जस्तै : उनीकहाँ एक १५ वर्षको बच्चाको घटना आएको थियो । उसले आफ्नी आमालाई कपडा उतार्न भनेको थियो । किनकी उ देख्न चाहान्थ्यो कि महिलाको शरिर कस्तो हुन्छ ? उसकी आमा बच्चाबाट यस्ता कुरा सुनेर एकदमै हैरान भएकी थिइन् ।

डा ब्रूटा भन्छिन्, ‘हाडनाताको सम्बन्धका बीच भइरहेको व्यवहारमाथि पनि ध्यान पुर्याउन जरुरी छ । जस्तो भाई-बहिनीबीचको झगडा एउटा सामान्य कुरा हो । तर यदि यो एकदमै बढी हुन्छ भने त्यसमा ध्यान दिन जरुरी छ । सानो-सानो कुरामा पनि उनीहरुले कुन नजरमा हेरिरहेका छन् ?  उनीहरुको नजिकता कतीसम्मको छ ? यी कुराहरुमा ध्यान दिन जरुरी छ । के उनीहरुमा ठूलाबडाको कुरामा ज्यादा रुची छ ? यो सबैको लागि महत्वपूर्ण कुरा हो ।’

यदी कसैमा यस्ता किसिमका शंका लाग्छ भने त्यही बखत डाक्टरको सल्लाह लिन जरुरी छ । यो एक मनोरोग हो । जो औषघी वा चिकित्सकको परामर्शबाट ठिक हुनसक्छ । यस्ता कुराको बारेमा सबैले आवाज उठाउन जरुरी छ । पछिल्लो समयमा बढिरहेको बलात्कारका घटना न्यूनिकरणका लागि यसको बारेमा चर्चा हुनै पर्छ ।

-बीबीसी हिन्दीबाट