भारतीय पत्रिका दैनिक भास्करको खबरका अनुसार अब गूगलमा जागिर खोज्न पनि सकिने छ । गुगलले आफ्नो नयाँ फिचर लन्च गरेसंगै यसका प्रगोगकर्ताहरुले आफ्नो क्षेत्र, आफ्नो अनुभव र इच्छा अनुसार जागिर खोज्न सक्नेछन् ।


ADVERTISEMENT


अलग–अलग फिल्टरको मदतमा आफ्नो योग्यता तथा आवश्यकताका आधारमा जागिर खोज्न सकिनेछ । अमेरिकामा यो सेवा एक वर्ष पहिले सुरु भएको थियो । भारतमा मंगलबार यसको सुरुवात भएको छ ।


ADVERTISEMENT

# # #


यसरी खोज्नुस् आफ्नो लागि सटीक जागिर

गुगलको सर्च स्पेसमा ‘जब नियर मी’, ‘जब फर फ्रेसर’ या जागिर सम्बन्धी कुनै शब्द थिचेमा त्यहाँ नोकरीको सूचि देखिने छ । यसका लागि गुगलले ९० कम्पनीसंग साझेदार गरेको छ ।

यी कम्पनीमा खाली भएको जागिर यस लिस्ट ‘जब नियर मी’मा अपलोड गरिने छ । आफूलाई रुचि भएको जागिर लिस्ट सेभ गर्नासाथ ‘अलर्ट बटन’ पनि दिइएको छ । यसमा रजिस्टर गरिसकेपछि तपाइको रुचि अनुसारको जागिर खाली भएमा गुगलले तपाईलाई इमेल पठाउने छ ।