काठमाडौं – सरकारले आर्थिक वृद्धिको अनुमानलाई फेरि संशोधन गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५.८९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । स्वेतपत्रमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको संशोधित अनुमान भए पनि विभागले ५.८९ प्रतिशत मात्रै हासिल हुने बताएको हो ।


ADVERTISEMENT


विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) दुवैले आथिक वृद्धिदर ५ प्रतिशत नपुग्ने अनुमान सार्वजनिक गरेका थिए । एडीबीले ४.९ र विश्व बैंकले ४.६ प्रतिशतको वृद्धिदर हासिल हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


तराईमा गएको बाढी, रेमिट्यान्स भित्रिने क्रममा आएको सुस्तता र कर्जाको व्याजदरमा भएको वृद्धिको प्रभावका कारण आर्थिक वृद्धिदर खुम्चिएको हो । गतवर्ष ७.५ प्रतिशतको आर्थिक वृद्धि हात लागेको थियो ।

तथ्यांक विभागले यो वर्ष अर्थतन्त्रको आका ३० खर्ब ७ अर्ब पुग्न सक्ने बताएको छ । गतवर्ष अर्थतन्त्र २६ खर्ब ६४ अर्बको आकारमा थियो ।
यसपाली कृषि क्षेत्रको वृद्धि दर २.८२ प्रतिशतमा सीमित रह्यो भने र गैरकृषि क्षेत्रको वृद्धिदर ७.१ प्रतिशत रहने अनुमान छ ।