नुवाकोट–विदुर नगरपालिका–१२ चारघरेका अनन्तप्रसाद अधिकारीको देवीघाट जलविद्युत् गृहमा ल्याएको पानीको नहरमा डुबेर मृत्यु भएको छ ।


ADVERTISEMENT


७७ वर्षका अधिकारी बुधबारदेखि हराएकोमा खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अबस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


शवको परीक्षण गरी परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहर खुला हुँदा दुर्घटना हुनेक्रम बढ्दै गएको छ ।