काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन् । एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।


ADVERTISEMENT


एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो ।


ADVERTISEMENT

# # #