काठमाडौ ।  पुर्व खेलकुद मन्त्री माननीय महर्जनले राज्यको नेतृत्व गर्ने नेताहरुले खेलाडी माथी शोषण गरेको उनले आरोप लगाए। खेलाडीहरु राष्ट्रको नेतृत्व गरेर अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झन्डा फरफराएर खेल खेल्छन् मेडल जितेर आउछ, मेडल जितेर खेलाडी आफ्नो देश फर्किने क्रममा एयरपोर्टमा घाँतिमा मालामा मात्र सिमित हुन्छ। न नगद पुरुस्कारको ब्यबस्था हुन्छ, न खेलाडीको जिविकोपार्जन गर्ने कुनै नीति ल्याउछ। त्यसैले मैले भन्दै आई रहेको छु।


ADVERTISEMENT


राज्यको नेतृत्व गर्ने नेताहरुले खेलाडीहरु माथि शोषण गरेको उनको भनाई रहेको छ। माननीय महर्जन बागमतीको खेलकुद मन्त्री हुदा महर्जनले बागमती प्रदेश नै खेलकुदमय भएको थियो। उनले केन्द्रिय खेलकुद मन्त्रालयलाई नै छाया पारेका थिए। नेपाल तेक्वान्दो संघको नव निर्वाचित केन्द्रीय कार्यसमिति पदस्थापनाको कार्यक्रममा बोल्दै महर्जनले यस्तो बताएका हुन्।


ADVERTISEMENT

# # #


अहिले मुलुकमा भएको राजनीतिक उथल पुथलले खेलकुद क्षेत्र पनि प्रभावित भएको र असम्बन्धित व्यक्तिहरुको चहल पहल बढेको भन्दै त्यसप्रति सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) चनाखो हुदै सजकता र गम्भिरता पूर्वक कार्य गर्नुपर्ने उनले बताए।

पूर्व मन्त्री महर्जनले पदस्थापना कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साललाई इङ्गीत गर्दै यतिबेला मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकोले कसैको दबावमा नपरी निडरताका साथ कार्य गर्न सुझाव दिएका थिए।

नेपाली खेलकुदको विकास गर्न खेलकुद बुझेको र खेलसँग नाता गाँसेको सम्बन्धित व्यक्ति हुनुपर्ने पनि महर्जनले दाबी गरे । अहिले नेपाली खेलकुद राजनीतिको दलदलमा फसेको भन्दै यस्तो विकृति र विसंगति हटाउन खेल संघका पदाधिकारीहरुले विशेष भूमिका निभाउनु पर्ने उनले बताए।

कार्यक्रमको अतिथिको रुपमा बोल्दै पूर्वमन्त्री महर्जनले तेक्वान्दो खेलको विकास र विस्तारको लागि आफुले पदमा रहदा सक्दो सहयोग गरेको र वर्तमान अवस्थामा पदमा नरहदा समेत तेक्वान्दो खेलको विकासको लागि बजेट विनियोजन गरिदिएको बताए।

। महर्जन खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष रहदा पनि देशैभरी खेलकुदमय भएको थियो। त्यसैले देशका सिलिब्रेटी खेलाडीहरु दिन प्रतिदिन जिविकोपार्जको निमित्त बिदेश भाशिने कार्य भई रहेको उनको आरोप रहेको छ। यथार्थमा पनि यहि देखिन्छ। महर्जनलाई खेलकुद जगतमा महानायकको रुपमा लिने गरेको छ।
महर्जन कराते खेलका अन्तर्राष्ट्रिय खेलाडीका साथै अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् ।