काठमाडौं – कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरा ठोकिएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेका अनुसार चरासँग ठोकिएको विमानलाई बिमानस्थलमा पार्किङ स्थलमा राखिएको छ । काठमाडौंबाट ईन्जिनियरको टोली बोलाएको र परिक्षणपछि मात्रै उडान भर्ने अवस्था भए नभएको जानकारी हुने उनले बताए ।


ADVERTISEMENT

# # #