काठमाडौं–इन्डियन प्रिमियर लिग(आईपीएल) मा कमजोर प्रदर्शन गरिरहेको दिल्ली डेयरडेभिल्सले कप्तान परिवर्तन गरेपछिको पहिलो खेलमा कोलकातामाथि शानदार जित निकालेको छ । शुक्रबार रातिको खेलमा कोलकत्ता नाइट राइडरसलाई ५५ रनले हराउँदै दिल्ली यस सिजनमा ७ खेलबाट दोस्रो जित हासिल गरेको हो ।


ADVERTISEMENT


२ सय २० रनको विजय लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले ९ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे । शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिक १८ रन र मिचेल जोन्सनले अविजित १२ रन जोडेपनि लक्ष्यमा पुग्न सकेन ।

कोलकातालाई सस्तैमा रोक्न दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

दिल्लीका नयाँ कप्तान श्रेयस अयर ४० बलमा ९३ रन बनाए । १० छक्का र ३ चौका प्रहार गरेका अयरले अन्तिम ओरभमा मात्रै ४ छक्का र १ चौकासहित २९ रन जोडेका थिए । कप्तान अयरको अलवा दिल्लीका लागि पृथ्वी शाहले ६२, कोलिन मन्रोले ३३ र ग्लेन म्याक्सवेलले २७ रनको योगदान दिए । २१९ स्कोर आईपीएलको यस सिजनको सबैभन्दा उच्च स्कोर हो ।

कोलकत्ता का लागि आन्द्रे रसेल, पियुस चावला र शिभम मावीले १–१ विकेट लिए । अघिल्ला ६ मध्ये ५ खेल गुमाएको दिल्ली अंक तालिकामा सातौ स्थानमा उक्लिएको छ ।

यसअघि दिल्लीले मुम्बई इण्डियन्सविरुद्ध जित निकालेको थियो । लगातार हार व्यहोरेपछि कप्तान गौतम गाम्भीरले पद त्यागेका थिए। श्रेयस अय्यरले कप्तानी पाउनु र पहिलो खेलमै जित निकाल्नु दिल्लीका लागि वरदान सावित भयो।