काठमाडौं–पर्सा प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–६ सितापाइलाका २९ वर्षीय रोबिन्स कुँवर, बारा कलैया उप– महानगरपालिका–७ बस्ने १८ वर्षीय रुपेश रानामगर, चितवन भरतपुरका सुमन शाही ठकुरीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


त्यसैगरी वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बस्ने २८ वर्षीय सुरज महत्तो, वीरगञ्ज १० नगवा बस्ने २६ वर्षीय राजेश गुप्ता र वीरगञ्ज ७ रामटोल बस्ने ३४ वर्षीय अमित सेन पनि पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


वीरगञ्जको दुई फरक फरक स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले उनीहरु मध्ये तीन जना लागू औषध इन्जेक्सन सहित पक्राउ परेको र बाँकी तीन जना सेवन कर्ता रहेको जानकारी दिए ।

त्यसैगरी वीरगञ्ज महानरपालिका–१६, रजतजयन्ती चोकमा भारतबाट नेपालतर्फ अइरहेको सवारी साधन तथा पैदल यात्रुहरुको चेकजाँच गर्ने क्रममा अरु पाँच जना पक्राउ परेका हुन् ।

पैदलयात्रु रुपेशको साथबाट १० एमएलकोे सिरिन्ज ४ थान, डाईजो ल्याब ५ पिस, फेनारगन ५ पिस र नुरफिन ५ पिस फेला परेकोे प्रहरीले जनाएको छ । सुमन शाही ठकुरीको साथबाट डाईजोल्याब १९ पिस , फेनारगन १९ पिस र नुर्फिन १९ पिस जम्मा ५७ पिस लागु औषध बरामद भएको छ ।

प्रहरीले पक्राउ परेकामाथि अहिले अनुसन्धान भइरहेको जनाएको छ ।