काठमाडौं – तस्करीको साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पक्राउ परेका छन् ।


ADVERTISEMENT


घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको थियो । र, शुक्रबार उनी मोरङ पुगेका थिए ।


ADVERTISEMENT

# # #


आइतबार बयानपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ । उनीमाथि जिल्ला अदालत, मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार उनको बयान चित्त बुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो । यसअघि गत १८ फागुनमा केसी नेतृत्वको प्रहरी टोलीले बिराटनगरको पोखरियामा गाडीको डिकीबाट सनम शाक्यको शव बरामद गरेको थियो ।

उनीहरुले साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेतीलाई खोज्दै धरान र बिराटनगरसम्म पुगेको बताउँदै आएका छन् ।

टोलीमा रहेका सई बालकृष्ण सञ्जेललाई पनि प्रहरी नियन्त्रणमै छन् । उनीहरुलाई बिराटनगर पठाउने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहोनी पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।