काठमाडौँ – डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले नेपाल लिबरल पार्टी गठनको घोषणा गरेका हुन् । आमनागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको उनले बताए ।
उनले बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल पार्टी गठन गरिएको उल्लेख गरे ।
उदारवादी अर्थव्यवस्था, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति पार्टीको रहेको पोखरेलले बताए ।
उहाले सामन्तवादलाई पूर्ण रुपमा अन्त्य गरेर उदार अर्थतन्त्रमा मुलुकलाई लैजानुपर्नेमा जोड दिए ।


























































