काठमाडौँ – नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरु जोडिएको भए छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेका नेताहरुमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चुनौती दिएका हुन् । पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताए ।


ADVERTISEMENT

# # #


सबैभन्दा बढी पपुलर मत पाएका नेता (केपी शर्मा ओली) लाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने उनले बताए । उनले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगबाट हुन्छ भन्ने कुराको सुनिश्चितता भए एमाले कुनै हिसाबले पनि निर्वाचनबाट नभाग्ने स्पष्ट पारे ।

नेता पोखरेलले सरकारमा अहिले जेन–जीको भावना प्रतिबिम्बित गर्ने मानिसहरु नगएको बताए । समृद्धिको दिशामा एमालेले जति काम अरु कसैले गर्न नसकेको उनले दाबी गरे ।