गुल्मी–गुल्मीमा सोमबार भएको छुट्टाछुट्टै दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । भीरबाट लडेर एक युवकको ज्यान गएको हो भने चट्याङ लागेर ४ जना घाइते भएका हुन् ।


ADVERTISEMENT


जिल्लाको मालिका गाउँपालिका–२, नेटाका ३३ वर्षीय दीपक बिकको सोमबार राति भीरबाट लडेर ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले छिमेकीको कुलपुजामा सहभागी भएर घर फर्किने क्रममा लडेका बिकको घटनास्थलमै मृत्यु भएको जानकारी दिए

त्यस्तै सोमबार साँझ चट्याङ लागेर ४ जना घाइते भएका छन् । जिल्लाको सत्यवती–४, लिम्घाका हेमबहादुर बिकको घरमा परेको चट्याङबाट ४ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था समान्य रहेको निरीक्षक चौधरीले जानकारी दिए ।