काठमाडौं–इण्डियन प्रिमियर लिग (आईपीएल)मा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड महेन्द्रसिंह धोनीले राखेका छन् । चेन्नाई सुपरकिंग्सका कप्तान धोनीले आईपीएलमा ३ हजार ३५६ रन बनाएका छन् ।


ADVERTISEMENT


कुनै पनि कप्तानले आईपीएलमा यति धेरै रनको रेकर्ड राखेका छैनन् । यसअघि यो रेकर्ड दिल्ली डेयरडेभिल्सका पूर्व कप्तान गौतम गाम्भिरको नाममा थियो । उनले ३ हजार ५१८ रन बनाएका थिए । हाल गाम्भीर कप्तान छैनन् । त्यसैले यो रेकर्ड धोनीको नाममा रह्यो ।


ADVERTISEMENT

# # #


सोमबार राति दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा कप्तान महेन्द्रसिंह धोनीले दुई चौका र पाँच छक्काको मद्दतमा नटआउट ५१ रन बनाए । उनले मात्र २२ बल सामना गरेका थिए । यो खेलमा दिल्लीविरुद्ध चेन्नाई १३ रनले विजयी भयो ।