काठमाडौं–प्रदेश ७ को भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्री त्रिलोचन भट्टबीच प्रदेशको समृद्धिका विषयमा छलफल भएको छ । भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री देउवाले प्रदेशको समृद्धिका लागि मुख्यमन्त्री भट्टलाई पाँच सुझाब दिएका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री भट्ट मंगलबार बिहान धनगढीस्थित देउवा निवास पुगेका थिए । दुवैबीच प्रदेश ७ को विकास र समृद्धिका विषयमा छलफल भएको जनाइएको छ । छलफलमा देउवाले आफू प्रदेशकै बासिन्दा भएकाले विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।


ADVERTISEMENT

# # #


‘उहाँ (देउवा) यसै प्रदेशको स्थानीय र पटकपटक प्रधानमन्त्री भएर काम गरेको, लामो अनुभव भएको व्यक्ति भएकाले मुख्यमन्त्रीले सुझाब र सल्लाह लिनका लागि भेट गर्नुभएको हो,’ ओलीले भने । प्रदेशको विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको उनले बताए ।

यी हुन् देउवाका पाँच सुझाब:
१) सहमतिः अधिकतम सहमति कायम गरेर काम गर्न
२) तिक्तताः प्रदेशमा दलहरूबीच तिक्तता आउने वातावरण सिर्जना नगर्न
३) राजधानी र नामकरणः प्रदेश ७ को राजधानी र नामकरण गर्दा छलफल गरेर दलहरूबीचको सहमतिमै टुंगो लगाउन, त्यसको टुंगो छिटो लगाउनुपर्नेमा जोड थियो
४) बहुमत र अल्पमतः बहुमत र अल्पमतमा नअल्झिन
५) एकजुटः प्रदेशको विकासका लागि सबै दललाई एकजुट पार्न, दलहरू एकजुट नहुँदा प्रदेशको विकास नभएको देउवाको जिकिर