काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको छ । बैठकमा नेकपा एमालेसँगको पार्टी एकताका सन्दर्भमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT


मंगलबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको केहि दिनभित्रमै दुई पार्टीबीच एकता गर्ने गरी छलफल भइरहेको बताएका थिए ।


ADVERTISEMENT

# # #


प्रचण्डको अभिव्यक्तिको भोलिपल्टै बोलाइएको सचिवाल बैठकले के निर्णय गर्छ भन्नेमा धेरैको चासो रहेको छ ।

दुई पार्टीबीच एकताको सन्दर्भमा सांगठनिक, प्रतिनिधित्व, चुनाव चिन्ह, प्रस्तावनाको भाषालगायतका विषयमा कुरा मिलिनसकेको बताइँदै आएको छ ।