गुल्मी–नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा वाम गठबन्धनप्रति खनिएका छन् । भागबण्डा मिलाउन नसकेर एकता गर्न नसक्ने एमाले र माओवादी केन्द्रका नेताहरुले अनावश्यक टिप्पणी गरेको उनको आक्रोश थियो ।


ADVERTISEMENT


आज गुल्मी आउँदै गर्ने क्रममा बुटवलमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै नेता थापाले भने–‘ आफू नेताहरुबीच पद वाँडफाँट र व्यवस्थापन मिलाउन नसक्ने अनि अदृश्य शक्ति वाम एकता हुन नदिन लागी परेको छ भन्दै प्रतिपक्षलाई संकेत गर्ने ? यस्तो भन्न एमाले र माओवादी नेताहरुलाई यस्तो भन्न लज्जावोध हुनु पर्ने ।’


ADVERTISEMENT

# # #


उनले थपे–‘उहाँहरुलाई जनताले पनि मिल्नुस् भन्ने म्यागनेट दिएका छन् , त्यही अनुसार एकता होस् हाम्रो शुभकामना छ तर त्यसरी अरुलाई दोष दिन चाँही हुँदैन ।’

उनले विगतमा जस्तो प्रतिपक्षले सत्ता पक्षलाई असहयोग गर्ने चरित्र कांग्रेसले नदेखाउने पनि दावी गरे ।

‘राम्रा कामलाई हामीले सहयोग गछौं, संविधान र संघियताको कार्यान्वयन, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको छ । यस कार्यमा सरकारलाई कांग्रेसले सहयोग गर्छ तर वरालीन थाल्यो भने उसलाई सहि ठाउँमा ल्याउने काम कांग्रेसले गर्छ ’– थापाले भने ।