काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमान्को कुटपिटबाट घाइते भएकी छन् । न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनीमाथि कुटपिट गरेका हुन् ।


ADVERTISEMENT


मंगलबार साँझ श्रीमान्को कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमान्विरुद्ध ठोडो उजुरी दिएकी छन् । र, श्रीमान्लाई नियन्त्रणमा लिइएको छ ।


ADVERTISEMENT

# # #


यस विषयमा ललितपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दसँग जिज्ञासा राख्दा उनले घरायसी विवाद भएको भन्दै अहिले छलफल भइरहेको बताए ।

श्रीमान्विरुद्ध उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले कुँवरलाई नियन्त्रणमा लिएर परिसरमा जिम्मा लगाएको थियो ।