काठमाडौं–भारतको बिहार र उत्तर प्रदेशमा बनेको न्यूनचापीय रेखाका कारण केही दिनयता नेपालभरिको मौसम बदलिएको छ ।


ADVERTISEMENT


शुक्रबारदेखि सुरु भएको पानी पर्ने क्रम अझै रोकिएको छैन । अझै केही दिन पानी परिरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘हामीले तीन दिनसम्मको अनुमान गर्छौं, तीन दिनसम्म देशभरि नै हल्काफुल्का वर्षा भइरहने देखिन्छ,’ महाशाखाका मौसमविद् सुवास रिमालले भने, ‘उत्तरी भारतमा बनेको न्यूनचापीय रेखा र त्यसमा मिसिएको पश्चिमी वायूको प्रभावले वर्षा भइरहेको हो ।’

न्यूनचापीय रेखा बन्दा अर्को ठाउँबाट हावा त्यहाँ आइपुग्छ । अहिले बंगालको खाडीबाट पानी बोकेको हावा उत्तरी भारतमा आइरहेको छ ।

‘त्यही हावाले बोकेर ल्याएको मोइस्चरका कारण अहिले वर्षा भइरहेको हो,’ रिमालले भने । उनले अझै केही दिन मनसुनजस्तो लगातार पानी नपर्ने तर ठाउँठाउँमा हल्का र मध्यम खालको वर्षा हुने बताए ।