काठमाडौँ– प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सिंहदरबारस्थित संसद सचिवलायमा नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।


ADVERTISEMENT


महाअभियोग प्रस्तावमा कांग्रेसका १ सय ९९ र माओवादीका ६० गरेर २ सय ५९ सांसदले हस्ताक्षर गरेका छन् । कंग्रेसका तर्फबाट मिनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत सर्मथक रहेका छन् । प्रहरी महानिरिक्षकको बढुवा सम्बन्धी विवादमा प्रधानन्यायाधीश कार्कीले कार्यपालिकाको क्षेत्राधिकार उल्लङ्घन गरेको भन्दै महाअभियोग दर्ता गराएको कंग्रेसका सांसद विश्वकर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्कीले कार्यपालिकाको क्षेत्राधिकार नाघेकाले प्रधानन्यायाधीश पदका लागि योग्य नभएको विश्वकर्माले बताए । एक तिहाई भन्दा बढी सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएसंगै प्रधानन्यायाधीश कार्की स्वतस् निलम्बनमा परेकी छन् । आगामी जेठ २४ गते उमेरहद पार गरेर प्रधानन्यायाधीश कार्कीले अवकाश पाउँदै छिन् ।