काठमाडौं–सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले ।


ADVERTISEMENT


तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका छन् । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् ।


ADVERTISEMENT

# # #


सरकारले सहयोगका लागि आग्रह गरेपछि सुरक्षा मागेका कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् ।

साझा, मयूर, अरनिकोलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई केही सहज भएको छ । यद्यपि, चलेका सवारीले यात्रुको माग थेग्न नसक्दा असुविधा झेलिरहेका छन् ।