काठमाडौं– नेपाली कांग्रेसले शुक्रवार तीन जना पदाधिकारी मनोनयन गरेको छ । जसअनुसार विमलेन्द्र निधी उपसभापति, पूर्णबहादुर खड्का महामन्त्री र डा. प्रकाशशरण महत सह–महामन्त्रीमा मनोनित भएका छन् ।


ADVERTISEMENT


रामचन्द्र पौडेल पक्षको विरोधका बावजुद बहुमतका आधारमा उनीहरु नियुक्त भएका हुन् । महाधिवेशन भएको २६ महिनापछि सभापति शेरबहादुर देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट पदाधिकारी मनोनयनका लागि केन्द्रीय समितिमा प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT

# # #


आजको बैठकमा प्रकाशमान सिंहले देउवाले प्रस्ताव गरेको प्रक्रियामा असहमति जनाउँदै हस्ताक्षर गरेका छैनन् । असन्तुष्ट पक्षकै महामन्त्री शशांक कोइरालाले उपस्थितिमा हस्ताक्षर गरेका छन् । आज मनोनित तीनै जना देउवा निकट हुन् ।